१९ पुस, भोजपुर । लगातार ६ वर्षको अभियानपछि भोजपुरमा हात्तीपाइले रोग न्यूनिकरण अभियान सफल भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लक्ष्य पूरा गर्न रोगबाट सङ्क्रमितको संख्या १ प्रतिशतभन्दा कम हुनु पर्ने र सर्वेक्षणले सोही अनुरुपको नतिजा देखाएपछि अभियान सफल भएको निष्कर्ष निकालिएको हो ।
जिल्लाको मूलपानी र टक्सारका स्थानीयको हात्तीपाइलेको जिवाणुको नमुना परिक्षण गर्दा मुलपानीमा १ जनामा मात्र हात्तीपाइलेको रोगको जिवाणु फेला परेको छ । यी दुवै स्थानमा ३/३ सय जनाको नमुना परीक्षण गरिएको थियो ।
परिक्षणको क्रममा जिवाणु देखिनेको संख्या १ प्रतिशत भन्दा कम भएकाले जिल्लामा हात्ती पाइले रोग न्यूनीकरण भएको स्वास्थ्य कार्यालयले दाबी गरेको छ ।
संक्रमितको संख्या १ प्रतिशतभन्दा कम भएमा रोगको जिवाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने कार्यालयको भनाइ छ ।
भोजपुरमा गत वर्ष ३६ जनामा हात्तीपाइलेको संक्रमण देखिएको थियो । विगत ६ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइलेबिरुद्धको औषधी खुवाउने अभियान अन्तरगत गत वर्ष ८० प्रतिशतले औषधी सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णवहादुर मिजारले जानकारी दिए ।
त्यसवेला जिल्लामा १ लाख १३ हजार ४ सय ४४ जनाले औषधी खाएका थिए । जसमा ६७ हजार ७ सय ८३ जनालाई घरमै गएर र ४५ हजार ६ सय ६१ जनालाई केन्द्रबाट औषधि खुवाइएको थियो ।
प्रतिक्रिया 4