+
+
Shares

कृषि विकास बैंक घोटाला प्रकरणमा मुछिएका जर्नेल सैनिक हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १३:००

२० पुस, काठमाडौं । कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोप लागेका नेपाली सेनाका जर्नेल रमेश बिष्टमाथि सैनिक अदालतमा मुद्दा चलेको छ ।

सहायकरथी विष्टलाई सैनिक हिरासतमा लिएर अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।

कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको बताइएको थियो ।

बिष्टलाई उपत्यका प्रितना नारायणहिटीमा राखेर बयान लिइएको छ ।

सैनिक प्रवक्ता डा. गोकुल भण्डारीले भने अभियोगका सन्दर्भमा सोधपुछ भइरहेको बताए ।

उनले आरोप पुष्टि भएमा र गल्ती देखिएमा कोर्टमार्सल हुने सैनिक ऐनमा व्यवस्था रहे पनि अहिले आरोप पुष्टि भइनसकेको बताए ।

याे पनि पढ्नुस् 

झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

कृषि विकास बैंकको भ्रष्टाचार काण्डमा न्यूरोड शाखा प्रबन्धकसहित दुई पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?