Comments Add Comment

द ब्रिटिस कलेजमा’एक्याडमिक गेस्ट लेक्चर सेरिज’ सत्रको उद्घाटन

२० पुस, काठमाडौं । द ब्रिटिस कलेजमा ‘एक्याडमिक गेस्ट लेक्चर सेरिज’ सत्रको उद्घाटन’ भएको छ । उक्त कार्यक्रममा ‘समय आउँछ मानिस आउँछ’ यो वाक्यांशलाई औचित्यपुर्ण बनाउनले काम सिई ग्रुपका अध्यक्ष विजय राजभण्डारीले गरेका थिए । उनको व्याख्याले द बि्रटिस कलेजमा रहेको भिडलाई उत्साहित पार्ने काम गरेको थियो ।

पहिलो एक्याडमिक गेस्ट लेक्चर संस्करणमा उनको लेक्चर सुन्न ठूलो भीड नै लागेको थियो । एक सफल व्यवसायी समेत रहेका उनीले समाज आफ्नो परोपकारी गतिबिधिलाई पनि उत्तिकै बढावा दिदै आइरहेका छन् ।

बि्रटिस कलेजको ‘एक्याडमिया-इन्डस्ट्री इन्टरफेस’ भागमा यो पहल एउटा ठुलो छलाङ हो, जसलाई सिक्नु विद्यार्थीहरुका लागि एक अनुभवको एउटा अभिन्न अंग हो । यसलाई विश्वभर अग्रणी बिजनेश स्कुलका रुपमा लिन थालिएको छ । बि्रटिस कलेजका मास्टर्स प्रोगाम लीडर सुभजित सन्याल भन्छन्,’पछिल्लो समय व्यवसायको दुनियामा एउटा अन्तरदृष्टि विकासका गर्नु आवश्यक रहेको छ ।

यसका लागि उद्योगका विशिष्ट वक्ताहरुलाई ल्याउनु आवश्यक रहेको छ । पछिल्लो समय व्यवसायमा उथुलपुथलको अवस्था देखिरहेको छ । यसले व्यवसायमा देखिने परिवर्तन, त्यसलाई बुझ्न सक्ने र सुधारका संकेतहरु केलाउन सक्ने वातावरण निर्माण गर्छ । उद्योग सँगै आउने उदेश्यहरु तथा आवश्यक माध्यमहरु रहेका छन् जसको आवश्यकताको पुष्टि एक्याडमिक-इन्डस्ट्री इन्टरफेसले गर्छ ।’

यो संस्करणको उदेश्य ग्रयाजुएट विद्यार्थीहरुलाई जस्तोसुकै प्रतिस्पर्धात्मक बजारका लागि तयार पार्नु हो ।

द  ब्रिटिस कलेजका विद्यार्थीहरुलाई यो संस्करणको वक्तव्यले वास्तविक संसारको ज्ञान मिलेको छ भने भविष्यमा पनि यसले सधै मद्दत दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment