Comments Add Comment

चेपाङ विद्यार्थीका लागि छात्रावास सञ्चालन गर्ने तयारी

२० पुस, चितवन । चितवनको विकट पहाडी क्षेत्रहरुमा विद्यालय जाने उमेर समूहका वालबालिकाले विद्यालय छाड्न थालेपछि उनीहरुलाई छात्रावासमा राखेर अध्ययन गराउने तयारी शुरु भएको छ ।

राप्ती नगरपालिकाले वडा न. ११ को थाकलटार मावि र वडा न. १२ को गणेश आधारभूत विद्यालय यउरालीटारले छात्रवास भवन निर्माणको काम अघि बढाएको छ ।

सांसद विकास कोषको ३० लाख र नगरपालिकाको ६ लाखको लगानीमा थाकलटारमा ८ कोठाको छात्रावास भवन निर्माणको काम अघि बढाइएको नगरपालिकाका मेयर प्रभा वरालले जानकारी दिइन् । यस्तै, गणेश आधारभूत विद्यालय यउरालीटारमा २० लाखको लगानीमा ८ कोठे भवन निर्माणको प्रकृया अघि बढेको छ ।

विद्यालय आउन र जान नै चेपाङ वालवालिकाहरुलाई समस्या भएपछि विद्यालय भवनमा नै आवासीय रुपमा राख्ने गरी छात्रावासको अवधारणामा नगरपालिका अघि बढेको नगरपालिकाका उपमेयर इमानसिंह लामाले बताए ।

चितवनको राप्ती नगरपालिकाको वडा न. ११, १२, १३ लगायतका क्षेत्रमा चेपाङहरुको बाक्लो वसोवास छ । जिल्लामा अन्य क्षेत्रमा समेत चेपाङ बालवालिकाहरुका लागि छात्रावास निर्माण गरी समूहमा राखेर आवासीय रुपमा पढाउने क्रम बढेको छ ।

तर, राप्ती नगरपालिकाले यसो हुँदा चेपाङ जातिको भाषा र संस्कृती नै लोप हुन सक्ने भएकोले चेपाङ बालवालिकाले नै अध्ययन गर्ने विद्यालयमा नै छात्रावास निर्माणको अवधारणमा गएको प्रशासकीय अधिकृत मीठाराम हुमागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment