+
+
Shares

‘कान्छी’को रोमान्टिक गीत रिलिज, स्वेतालाई फकाउँदै दया

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १९:५४


नायक दयाहाङ राइले पछिल्ला केहि चलचित्रमा गजबको नृत्य गर्न समेत थालेका छन् । चलचित्र ‘कान्छी’कै ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतमा नायिका स्वेता खड्कासँग नृत्य गरेका दया फेरि यहि चलचित्रको अर्को रोमान्टिक गीतमा पनि नृत्यमा पोख्त देखिएका छन् । चलचित्रमा समावेश ‘यो जिउ दाउमा’ बोलको गीत वुधबार सार्वजनिक गरियो ।

अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको शब्द, धर्मेन्द्र सेवानको स्वर रहेको गीतको भिडियोमा दया र स्वेताको रोचक केमेष्ट्री देखिएको छ । गीतमा चलचित्रका अन्य कलाकारहरु कामेश्वर चौरासिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ, अनु शाहलाई देखाइएको छ ।

फागूण ४ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । बसन्त श्रेष्ठको यो गीतमा कोरियोग्राफी छ । गीत सार्वजनिक भएसँगै फेरि एकपटक दया र स्वेताको जोडीको चर्चा सुरु भएको छ । गीतमा दयाले स्वेतालाई विभिन्न उपमा दिएर फकाइरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?