Comments Add Comment

डेम्बेले मैदान फर्किए, तर बार्सिलोनाले बराबरी खेल्यो


२१ पुस, काठमाडौं । ओस्माने डेक्बेले मैदान फर्किएका खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग बराबरी खेलेको छ ।

कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा लिओनल मेस्सी, लुइस स्वरेजलाई आराम दिइएको थियो ।

डेम्बेलेले अन्तिम २० मिनेट मात्र खेले । ९६.८ मिलियन पाउण्डमा बार्सिलोना आएका २० वर्षीय डेम्बेल सेप्टेम्बर १६ मा घाइते भएपछि पहिलो पटक मैदान उत्रिएका हुन् ।

बार्सिलोनाले १५ औं मिनेटमा नै बी टिमका स्ट्राइकर जोसे अर्नाइजको गोलबाट अग्रता लिएको थियो । उनले आद्रे गोमेजको पासमा गोल गरेका हुन् ।

तर, पायन सिस्टोले ३१ औं मिनेटमा बराबरी गोल फर्काए ।

बार्सिलोनाका सर्जिओ बुस्केट र सार्गी रोबर्टोको प्रहार भने बारमा लागेर फर्किएको थियो ।

दोस्रो लेग नाउ क्याम्पमा ११ जनवरीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment