Comments Add Comment

सगरमाथा आरोहणको तयारीमा रहेका महिला पत्रकारलाई प्रधानमन्त्रीले भेटे

२३ पुस, काठमाडौं । ‘समानताका लागी बुलन्द आवाज’ भन्ने नाराका साथ आउँदो चैत २०७४ मा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेको ‘प्रथम महिला पत्रकार आरोहण २०१८’ टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

बालुवाटारस्थित निवासमा भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले टोलीका सदस्यहरुलाई शुभकामना दिए । साथै अभियानका लागि आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग गर्ने प्रतिब्यक्तता पनि व्यक्त गरे ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्युज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँच महिला पत्रकारहरु सगरमाथा आरोहणको तयारीमा छन् ।

सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागि आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउन अहिले टोली व्यस्त छ । यो टोलीले आरोहणसम्बन्धी पहिलो चरणको तालिम अन्तरगत दोलखाको रोलवालिङस्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरीसकेको छ ।

नेपाल पत्रकार महासंघको व्यानरमा जान लागेका महिला पत्रकार टोलीलाई किर्तीमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन् । भेटमा प्रधानमन्त्री देउवाले टोलीका सदस्यहरुलाई ‘बहादुर र साहसी’ महिलाको रुपमा चित्रित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment