Comments Add Comment

जाडोमा कपाललाई मुलायम र चम्किलो बनाउने घरेलु विधि

जाडो मौसममा कपाल रुखो हुन्छ । सुख्खा हुन्छ । चाया पर्छ । चिलाउँछ । हाँगा फाट्छ । यस्ता अनेक समस्या हुन्छ । यस मौसममा चल्ने चिसो हावाले कपालको नरमपन नष्ट गरिदिन्छ । यहि कारण कपाल रुखो देखिन्छ । साथै कपाल र्झछ । यसले कपालको सौन्दर्य हराउँछ ।

यद्यपी केहि प्राकृतिक विधी छन्, जसले कपाललाई कोमल एवं मुलायम बनाउन सकिन्छ । चम्किलो र स्वस्थ्य बनाउन सकिन्छ ।

नरिवलको तेल

नरिवलको तेल कपालको लागि एकदमै उपयोगी हुन्छ । नरिवलको तेल प्रयोग गर्दा कपाल बलियो हुन्छ । साथसाथै रुखोपन पनि हराउँछ । हप्तामा दुई पटक नरिवलको तेलले मसाज गर्नुपर्छ । यसले कपालमा नरमपन आउँछ । चमक पनि । कपालमा स्याम्पू गर्नुअघि नरिवलको तेल लगाएर राम्ररी मसाज गरौं ।

दही

दही पेट वा स्वास्थ्यका लागि जति लाभदायक छ, कपालको लागि पनि । दहीमा पाइने ल्याटिक एसिडले कपाललाई मुलायम बनाउन सहयोग गर्छ । यसका लागि ताजा दही कपालमा लगाएर २० मिनेटसम्म रहन दिनुपर्छ । पछि सफा पानीले कपाल धुनुपर्छ । चायाको समस्याबाट पनि यसले मुक्ति दिलाउँछ ।

घिउकुमारी र मह

मह स्वास्थ्यका लागि फाइदाजनक छ । यसले छाला र कपालको सौन्दर्य रक्षा गर्ने काम पनि गर्छ । महले कपाललाई नरम बनाइराख्छ । रुखो हुन दिदैन । घिउकुमारी त प्राकृतिक हेयर कन्डिशनर नै हो । यी दुबैलाई एकसाथ प्रयोग गर्दा कपाल नरम र चमकदार हुन्छ । घिउकुमारीको ताजा जेलमा मह मिलाएर कपालमा लगाउने । त्यसको २० मिनेटपछि धुनुपर्छ ।

मह

महले रुखो कपाललाई नरम बनाउँछ । यसका लागि दुई चम्चा शुद्ध महमा तीन चम्चा ओलिभ आयल मिलाएर कपालमा लगाउनुपर्छ । आधा घण्टापछि कपाल धुनुपर्छ । यसलाई हप्तामा दुई पटकसम्म प्रयोग गर्न सकिन्छ ।

केरा

कपाललाई नरम कायम राख्नका लागि तथा त्यसमा पोषण दिनका लागि केराको प्रयोग एकदमै फाइदाजनक हुन्छ । एक दुई पिस केरामा दुई चम्चा मह मिसाएर पेस्ट बनाउनुपर्छ । त्यसलाई कपालमा लगाउने । पछि श्याम्पूले कपाल धुनुपर्छ ।

बियर

बियर अल्कोहलिक पदार्थ हो । महंगो पनि पर्छ । स्वास्थ्यलाई हानी गर्ने त छँदैछ । यद्यपी यसले कपालमा भने फाइदा गर्छ । भनिन्छ, बियरले कपाललाई मुलायम बनाउन सहयोग गर्छ । यसका लागि एक गिलास बियर रातभर खुला राख्ने । बिहान नुहाइसकेपछि त्यसले कपाल पखाल्नुपर्छ । अब कपाललाई दश मिनेटजटि शावर क्यापले ढाकिदिने । पछि कपाललाई सफा पानीले पाखाल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment