२४ पुस, कैलाली । कैलालीको लम्किचुहा नगरपालिका-१ मा बसले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौबाट धनगढी आउँदै गरेको ना ५ ख ७६९२ नम्बरको बसको ठक्करबाट लम्किचुहा नगरपालिका-१ तिल्केनिकी २५ वर्षीया धनरुपा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको बसले धनरुपालाई ठक्कर दिएको बताइएको छ ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रमा लिएको छ । मृतकका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै लम्किमा सडक अबरुद्ध गरेका छन् ।
कैलालीको लम्किमा एक हप्ता अगाडि मात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4