Comments Add Comment

यी तीन स्टारका छोरी, जसले बलिउडमा धुम मच्याउँदैछन्

एकै छिमलका जान्ह्वी, सारा र अनन्यको बलिउड यात्रा

बलिउड स्टार किड्स कहाँ गए, के गरे, कस्तो गेटअपमा देखिए, कोसँग भेटिए ?

जान्ह्वी कपुरदेखि सुहाना खानसम्मलाई अहिले क्यामेराले यसरी नै पच्छ्याउने गरेको छ । शाहरुख खानकी छोरी सुहाना अहिले किशोरवयमा छिन् । जवान हुँदै गएकी सुहाना कुनै न कुनै रुपमा मिडियामा छाइरहेकी हुन्छिन् । हालै मात्र उनको क्लासरुमको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सुहाना स्कुल ड्रेसमै साथीहरुसँग मस्ती गरिरहेकी छिन् । सुहाना अहिले लन्डनमा पढ्दैछिन् ।

सुहानाको कुरा थाँती राखौं । अहिले बलिउड स्टार किड्समा तीन कन्यको बढी चर्चा हुने गर्छ । त्यसमा पनि सबैभन्दा बढी चर्चा छ, जान्ह्वी कपुरको । श्रीदेवीकी यी हट छोरीलाई हरक्षण मिडियाले पच्छ्याइरहेको हुन्छ । त्यससँगै सैफ अली खानकी छोरी सारा अली खानमाथि अहिले धेरैको आँखा परेको छ । यता अभिनेता चंकी पान्डेकी छोरी अनन्यलाई पनि क्यामेराले पच्छ्याउन थालेको छ ।

करिब एकै छिमलका यी तीन किशोरीले अब बलिउडमा ‘धुम’ मच्याउँदैछन् । उनीहरु एउटै रेस ट्र्याकमा दौडदैछन् । तीनमध्ये कसले कसलाइै उछिन्ने छ ? त्यसको नतिजा भने कुर्नुपर्नेछ ।

सारा अली खान

सारा अली खानले कुन फिल्मबाट बलिउड डेब्यु गर्छ भन्ने अनेकौ अडकलबाजी भए । कसैले भने, उनलाई करन जौहरले आफ्नो फिल्ममा लिदैछन् । धेरै बलिउड स्टार किड्सका गड फादर हुन् करण । तर, करणले सारालाई लिएनन् । पछि सारा यश राज फिल्म्स्मा अडिसन दिन गएको तर, त्यहाँबाट उनी निकालिएको पनि हल्ला चल्यो ।

यस्तै हल्लै-हल्लाकाबीच उनले नयाँ फिल्ममा इन्ट्री गरिन्, केदारनाथ । सुशान्त सिंह राजपूतको अपोजिटको रुपमा उनले केदारनाथबाट डेब्यु गरिन् । यो फिल्मको अहिले छायांकन भइरहेको छ ।

जान्ह्वी कपुर

आफ्नो जमनाकी चर्चित हिरोइन श्रीदेवीकी छोरी जान्ह्वी क्यामेरा-फ्रेन्ड्ली छिन् । उनी कहिले बलिउड इभेन्टमा त, कहिले पार्टीहरुमा देखिने गर्छिन् । यस्तो अवस्थामा उनी कोसँग थिए, कस्ता लुगा लगाएका थिए भनेर चियोचर्चा हुने गर्छ ।

जान्ह्वी अक्सर आमा श्रीदेवीसँगै देखिने गरेकी थिइन् । अहिले भने उनको जोडी छन्, इशान खट्टर । इशान अभिनेता शाहिद कपुरका भाई पर्छन् । किशोरीहरुसँग बाक्लो हिमचिम भएका इशान त्यसैपनि लाइमलाइटमा थिए । अहिले उनी जान्ह्वीसँग जोडिएका छन् । र, यसको माध्याम भएको छ फिल्म ‘धडक ।’

करण जौहरले जान्ह्वीलाई ‘धडक’बाट बलिउड डेब्यु गराए । धडकमा अनुबन्धित भएपछि उनी धेरैजसो जिममा धाउन थालेकी छिन् । केहि समयअघि उनले इन्स्टाग्राममा जिमको छोटो भिडियो अपलोड गरेकी थिइन् । यसरी ठट्टा गर्दै, पाँच मिनेटमा सिक्स प्याक बनाउने टिप्स ।

अनन्या पान्डे

 

अनन्या पान्डे अहिले १८ बर्षकी भइन् । उनी बलिउड इभेन्टहरुमा बाक्लै छाउने गरेकी छिन् । पछिल्लो समय उनको चर्चा सलमान खानसँग जोडेर हुन थालेको छ । आफ्नो पिताको उमेरका सलमानसँग उनले बलिउड डेब्यु गर्ने चर्चा छ ।

भनिन्छ, उनले बलिउड इन्टि्र गर्नका लागि आवश्यक तयारी थालेकी छिन् । उनले ट्रेनर यासिम कराचीवालासँग फिटनेसको तालिम लिइरहेकी छिन् । यसका साथै अनन्याले मुम्बईमा डान्स क्लास पनि ज्वाइन गरेकी छिन् ।

अनन्या शाहरुखकी छोरी सुहाना र संजय कपूरकी छोरीका हितैषी हुन् । अक्सर उनीहरु पार्टीमा देखिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment