+
+
Shares

सरकारलाई नेविसंघको ७२ घण्टे अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १४:०६

२४ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापनपत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

सोमबार विहान प्रधानमन्त्री निवाश बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रीय सदस्य मीरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश समेत व्यक्त गरेका थिए ।

नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्नपर्ने, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो ।

आफ्ना मागहरु अबको ७२ घण्टाभित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दवाव स्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।

उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसनसमेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?