Comments Add Comment

प्रदेश राजधानी धनकुटा हुनुपर्ने भन्दै अाज पनि प्रधानमन्त्री निवासमा धर्ना

२४ पुस, काठमाडाैं । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै सरोकारवालाहरूले धर्ना दिइका छन् ।

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकै सोमबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन् ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएको धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment