Comments Add Comment

सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

२४ पुस, काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । पछिल्लो समय सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ ।

गएराति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको हो ।

सिंहदरबार प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कपिल बोहोराले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विश्वराज सिलवालले सञ्चालन गरेको फाइब स्पाइस क्यान्टिनबाट उक्त रकम चोरी भएको हो ।

पीडितले महानगरीय प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका छन् । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै चोरीको घटना हुनु लाजमर्दो भएको प्रहरी अधिकारी स्वयम् बताउँछन् ।

यसअघि गत वर्ष पुसमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत् कम्प्यूटर अपरेटर सुष्मा श्रेष्ठको ल्याटप चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment