+
+

उत्तर र दक्षिण कोरियाबीच वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते ९:४५


२५ पुस, काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ ।पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाबीच वार्ता भएको हो ।

उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता भएको छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ ।

शीतकालीन ओलम्पिक दक्षिण कोरियामा हुँदैछ ।

वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?