Comments Add Comment

‘कायरा’का लागि फिलिपिन्स उडे आर्यन, ‘केशरी’ किन रोकियो ?


नायक आर्यन सिग्देल आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कायरा’को छायांकनका लागि फिलिपिन्स उडेका छन् । आर्यनका लागि यो चलचित्र विशेष छ । यसैले पनि उनी यो चलचित्रलाई कुनै पनि संझौता नगरि बनाउन चाहन्छन् ।

जनवरी ११ तारिखबाट यो चलचित्रको छायांकन फिलिपिन्सको मनिलामा सुरु हुँदैछ । नायिकाको रुपमा यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्दैछिन् । लक्ष्मण रिजाल यो चलचित्रका निर्देशक हुन् ।

यो चलचित्र निर्माण अगाडि नै चर्चामा छ । नायिका साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको देखि यो चलचित्र आर्यनको करिअरको विशेष हिस्सा बन्ने भएकाले पनि यसले चर्चा पाएको हो । चलचित्रको बिषयवस्तु खुलाइएको छैन । तर, आर्यन र साम्राज्ञी दुबैले चलचित्रको कथालाई निकै रुचाएको बताइएको छ ।

‘केशरी’ किन बनेन ?

चलचित्र ‘कायरा’ निर्देशन गर्न लागेका लक्ष्मण रिजालले यसअगाडि नायक आर्यन सिग्देललाई नै लिएर चलचित्र ‘केशरी’को छायांकन सुरु गरेका थिए । दक्षिण कोरियामा केहि दिन यो चलचित्रको छायांकन भयो तर यो पुरा हुन सकेको छैन ।

चलचित्रमा आर्यन सिग्देल र नायिका अशिष्मा नकर्मीको जोडीले काम गरिरहेको थियो । निर्देशक लक्ष्मण रिजालका अनुसार नायक सिग्देलको घुँडामा समस्या आएपछि चलचित्रको छायांकन रोकिएको हो । चलचित्र पूर्ण रुपमा एक्सनप्रधान छ । चलचित्रका लागि आर्यनले केहि जोखिमपूर्ण एक्सन गर्नुपर्नेछ ।

तर, आर्यनलाई डाक्टरले अहिलेसम्म एक्सनका लागि अनुमति दिएका छैनन् । यहिकारणले गर्दा पनि यो चलचित्रको छायांकन हुन नसकेको निर्देशक रिजालले बताए ।

‘केशरी’ पुरा गर्न नसकेका लक्ष्मण र आर्यन ‘कायरा’लाई विशेष बनाउने सोच लिएर फिलिपिन्सतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment