+
+
Shares

प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसी वीर अस्पतालमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १६:०४

२५ पुस, काठमाडौं । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई वीर अस्पताल भर्ना गरिएको छ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई मंगलबार बयान लिइएको थियो । त्यसक्रममा उनले छाती दुखेको बताएका थिए ।

बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर, सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको छ । उनलाई ईनटी क्याबिनमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार डा. केसीलाई आज राति अस्पतालमा नै राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?