Comments Add Comment

आफूखुसी भाडा असुल्ने ट्याक्सी चालकको आन्दोलनमा प्रहरीको हस्तक्षेप

२६ पुस, पोखरा । आफूखुसी भाडा उठाउँदा प्रहरीले पक्राउ गरेको बिरोधमा आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी चालकको आन्दोलनमा प्रहरीको हस्तक्षेप गरेको छ ।

पोखराका मुख्य चोकमा ट्याक्सी पार्किङ गरी सडक जाम गराएका ट्याक्सीलाई प्रहरीले धकेलेर सडक किनारामा पुर्‍याई यातायात सञ्चालनमा ल्याएको छ ।

पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रहरीले आन्दोलनरत चालकलाई तितिरवितिर गराउँदै ठूलो संख्यामा पुगेका प्रहरीले सडकमै पार्किङ गरिएको ट्याक्सी धकेलेर बाटो खुलाएको हो भने फेरि केही ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्य चोकमा प्रहरीले धकेल्ने तथा तानेरै सडकबाट ट्याक्सी हटाएको दृश्य रोचक देखिन्थ्यो । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहकै कमाण्डमा प्रहरी टोली पुगेपछि आन्दोलनकारी ट्याक्सी चालकको भागाभाग भएको थियो ।

मंगलबार सिभिल पोशाकमा प्रहरीले ट्याक्सीमा चढ्दै बढी असुल्ने ट्याक्सी चालकलाई पक्राउ परेको थियो । त्यसको विरोधमा ट्याक्सी व्यवसायी समिति पोखराको नेतृत्वमा व्यवसायी तथा चालक ट्याक्सी चलाउन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

प्रहरीले सिभिल पोशाकमा आएर ट्याक्सी चलाकलाई बढी भाडा लिएको भन्दै समातेपछि पोखराको मुख्य चोकमा ट्याक्सीलाई लाम लगाएर चालकले आन्दोलन गरेका थिए ।

‘सिभिल पोशाकमा आएर ट्याक्सी चालकलाई बढी भाडा लिएको भन्दै पक्राउ गरेर अतंकित पार्ने काम गरियो,’ ट्याक्सी व्यवसायी समिति पोखरा सचिव तुलसी दाहालले भने, ‘भाडा समायोजन नगरी हामीले मिटरमा ट्याक्सी चलाउन सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment