+
+
Shares

डा. केसी विरुद्धको मुद्दामा बहस सकियो, आदेश आजै आउने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते ११:१२

२६ पुस, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए ।

केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।

बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन र उनीमाथि लागेको आरोपबारे बोल्न दिन माग गरेका छन् ।

बहस सकिएको र आजै आदेश आउने केसीको पक्षमा बहस गरेका एक वकिलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?