+
+
Shares

चुनावबारे कमल थापाको टिप्पणीः धन्न बिऊ जोगियो

'जनताले हामीलाई सदनमा होइन सडकमा हेर्न चाहेका छन्'

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १७:२६

२६ पुस, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय ब्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले आफ्नो पार्टीलाई सदनमा नभई सडकमा हेर्न चाहेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै राप्रपा अध्यक्ष थापाले हालैको निर्वाचनमा आफ्नो पार्टीको बिउमात्र जोगिएको भन्दै अब सडककेन्दि्रत आन्दोलन सुरु गर्ने बताए ।

‘यो निर्वाचनमा राप्रपाको विउसम्म जोगियो, तर, जनताले हामीलाई सदनमा होइन, सडकमा हेर्न चाहेका छन्’, थापाले भने, ‘त्यहीअनुसार हामी सडककेन्दि्रत कार्यक्रमहरु सञ्चालन गर्छौं ।’

कल्पनै नगरेको चुनावी परिणाम व्यहोर्नुपरेकोमा चिन्तित देखिएका थापाले भने, ‘हामीले कल्पना नगरेको मतपरिणाम भोग्नुपर्‍यो, निराशजनक र अकल्पनीय नै थियो, निर्वाचनमा व्यहोरेको पराजयको बारेमा समीक्षा र अध्ययन हुँदैछ ।’

यद्यपि उनले पार्टी बिभाजनलाई हारको प्रमुख कारणको रुपमा व्याखा गरे । यसपछि गठबन्धनमा देखिएको बेइमानी हारको कारण रहेको उनको टिप्पणी थियो ।

थापाले आगामी फागुनको अन्तिम साता केन्द्रीय परिषदको बैठक बोलाउने तयारी भइरहेको पनि जानकारी दिए ।

साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले पार्टी टुक्र्याएर गएका पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई र्फकन अनुरोध गरे । ‘म पशुपतिजी र लोहनीजीलाई भन्छु, जुन विन्दुबाट विभाजन गरेर जानुभयो, त्यही विन्दुमा आएर एकता गरौं ।’ थापाले भने ।

अध्यक्ष थापाले भोलिपौष २७गते राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमामनाउनको लागि सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री थापाले एकतादिवसको दिनविदादिने निर्णय गरेका प्रधानमन्त्री देउवा धन्यवादको पात्र भएको बताए ।

‘वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ’

उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारेका छन् ।

मन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भुल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताए ।

उनले भने, ‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान नदिनुको परिणाम हो, वास्तवमा चुनाव सकिएलगत्तै नयाँ सरकार बन्नुपर्ने हो ।’

यद्यपि उनले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने, ‘जनताले बाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनतको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?