+
+
Shares

युरोपमा जागिर लगाइदिने प्रलोभनमा ठगी गर्ने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १७:५९

२६ पुस, काठमाडौं । युरोपमा आकर्षक तलबसहितको जागिर लगाइदिने प्रलोभनमा दिएर ठगी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा घर भइ पोखरा बस्दै आएका २९ वर्षीय प्रविन गिरी, पोखराको पृथ्वीचोकका २८ वर्षीय प्रदीप गिरी र झापा गौरादह–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अुनसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको हो । उनीहरुले राहदानीमा नक्कली भिसा लगाइ प्रति व्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिइ टर्की पुर्‍याएर श्रम शोषण गरेको प्रहरीले जनाएको छ ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?