Comments Add Comment

चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल, तोडियो भारतीय एकाधिकार


२६ पुस, काठमाडौं । अन्ततः  नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ ।

इन्टरनेटमा जोडिने भाका पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्नेछन् ।

केही हप्ता भएको परीक्षण सञ्चालन सफल भएपछि व्यवसायिक रुपाम नै सञ्जालमा आवद्ध हुने तय गरिएको छ । संविधान बनेपछि भएको भारतीय नाकाबन्दीपछि चीनबाट इन्टरनेट ल्याउने योजना बनेको थियो ।

रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । यसअघि झण्डै एक वर्षअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव भएन ।

अघिल्लो वर्षको जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो ।

हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि-रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

अब नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिएका छन् । चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिसकेपनि शुक्रबार त्यसो औपचारिक उद्घाटनको कार्यक्रम तय भएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

चिनियाँ इन्टरनेट टेलिकाको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महंगो हुनेछ ।

तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिएको छ । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । चीनसागको आवद्धतापछि भारतको इन्टरने नेटवर्कमा एकाधिकार सकिएको छ ।

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।

चीनसँगको इन्टरनेट आवद्धताले अप्ठेरा परिस्थितमा पनि नेपाललाई विकल्पहरु प्राप्त भएको छ । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध भएको छ ।

चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।

चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको छ । चीनले टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment