२६ पुस, काठमाडाैं । नेपाल बिज्ञापन एजेन्सी संघ(आन)को अध्यक्षमा रवीन्द्रकुमार रिजाल ‘शशि’ निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षसँगै बहुसंख्यक कार्यसमिति सदस्यमा निर्बिरोध निर्वाचित भएको आनको निर्वाचन समितिले जनाएको छ । उनीहरुको कार्यकाल तीन वर्षे हुनेछ ।
निर्बिरोध निर्वाचित अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, दृतिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सह कोषाध्यक्षमा पंकज प्रधान रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा रोसन प्रसाई, रमेस पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का सर्वसम्मत चयन भएका छन् ।
कोषाध्यक्ष र सचिव पदमा भने बिहीबार निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा पिताम्बर पोखरेल र यमुना पौडेलले उम्मेदवारी दिएका छन् भने सचिवमा कृष्णप्रसाद घिमिरे र सालिकराम घिमिरे प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया 4