+
+

अनुष्कादेखि काजोलसम्म, यी हुन् ३० बर्ष पार गरेका बोल्ड नायिका

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते २२:१०


दक्षिण भारतकी नायिका अनुष्का सेट्टीको नयाँ चलचित्र ‘भागमती’ को ट्रेलर रिलिज भएको छ । चलचित्रमा अनुष्का अलग अन्दाजमा देखिएकी छिन् । उक्त चलचित्र तमिल, तेलगु र मलयालम भाषामा बनेको छ । २६ जनवरीमा रिलिज हुने यो चलचित्र बाहुबलीपछि रिलिज हुन लागेको अनुष्काको पहिलो चलचित्र हो ।

अर्को कुरा अनुष्का ३६ वर्षकी भइन् तर अहिलेसम्म अविवाहित छिन् । तर, उनको बोल्ड छवि कायमै छ । अनुष्का मात्रै हैन दक्षिण भारतमा अरु पनि बोल्ड नायिका छन् ।

काजल अग्रवालः दक्षिण भारतको लोकप्रिय नायिका काजोलले केहि बलिउड चलचित्रमा पनि काम गरेकी छिन् । ‘स्पेशल २६, सिंघम’लगायतका चलचित्रमा उनले काम गरेकी छिन् । उनले अभिनय गरेका दक्षिण भारतीय चलचित्र ‘मगधिरा, थुप्पाकी ,चन्दा मामा’ चर्चित छन् ।

नयनताराः अर्कि चर्चित नायिका नयनतारा ३३ वर्षकी भइन् । उनले दक्षिण भारतका केही सुपरहिट चलचित्रमा अभिनय गरेकी छिन् । ‘मनसिनक्कारे, रप्पकल, गजनी, योगी, बिल्ला’लगायतका चलचित्रमा उनले अभिनय गरेकी छिन् ।

तृष्ण कृष्णनः उमेरले ३३ वर्ष पुगेकी कृष्णा अर्कि चर्चित नायिका हुन् । ‘वर्षम, जी, आरु, कृष्ण, भीमा, समर’ लगायतका चलचित्रमा उनले काम गरेकी छिन् । बलिउड चलचित्र ‘खट्टा मिठा’मा पनि उनले अभिनय गरेकी छिन् ।

श्रीया सरनः ३५ वर्ष पार गरेकी श्रीया सरनको चर्चा अहिले पनि उत्तिकै छ । उनले बलिउड चलचित्र ‘मिसन इस्ताबुल, दृष्य’मा काम गरेकी छिन् । दक्षिण भारतको ‘सन्तोषम, टेगोर, शिवाजी द बोस, कंदस्वामी’लगायतमा काम गरेकी छिन् ।

श्रुती हसनः श्रुती हसन पनि ३१ वर्षकी भइन् । ‘लक, दिल तो बच्चा है जी, डी डे, वेलकम, बैंक’लगायतका चलचित्रमा उनले काम गरेकी छिन् ।

नग्माः ४३ वर्षकी नग्माले बलिउडको साथै दक्षिण भारतीय चलचित्रमा समेत अभिनय गरेकी छिन् । ‘बागी, बेवफा, यलगार, किंग अंकल, ये तेरा घर ये मेरा घर’ लगायतका चलचित्रमा उनले काम गरेकी छिन् ।

दक्षिण भारतीय चलचित्रमा पनि उनको लोकप्रिय छवि कायम छ । ‘पेदिदन्ति अल्लुदु, अल्लरी अल्लुडु, अरविंथिन्’मा पनि उनले काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?