+
+

अनसन जारी राख्ने डा. गोविन्द केसीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २७ गते १०:५१

२७ पुस, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् ।

सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए ।

तर, डा. केसीले अनसन जारी राख्ने भएका छन् । डा. जीवन क्षेत्रीले भने, ‘अरु माग सम्बोधनका लागि वार्ताका प्रक्रिया नै सुरु भएको छैन । अहिले अनसन जारी रहन्छ ।’

डा. केसी सोमबारबाट आमरण अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?