चलचित्र ‘केशरी’को छायांकन धमाधम चलिरहेको छ । यो चलचित्रको छायांकन सुरु भएसँगै नायक अक्षय कुमारको गेटअपको पनि चर्चा भैरहेको छ ।
यो चलचित्रमा अक्षय कुमार एक योद्दाको भूमिकामा छन् । करण जोहरले यो चलचित्र निर्माण गरिरहेका छन् । सन् १८९७ मा भएको एक युद्दको कथामा यो चलचित्र बनिरहेको छ ।
यो चलचित्रका लागि लामो समयदेखि विभिन्न नायिकाहरुको नाम सार्वजनिक भैरहेको थियो । अब, यसको निर्माणपक्षले नायिका पनि फाइनल गरेको छ ।
निर्माता करण जोहरले ट्विटरको माध्यमबाट नायिका सार्वजनिक गरेका हुन् । चलचित्रमा अब, नायक अक्षय कुमारसँगै नायिका परिणिती चोपडा देखिने भएकी छिन् ।
अक्षय र परिणितीले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रमा काम गर्न पाउँदा परिणिती पनि खुशी छिन् । गतबर्ष चलचित्र ‘गोलमाल अगेन’ हिट दिएपछि परिणितीका दिन फेरि चम्किन थालेका छन् । अब, करण र अक्षयको यो चलचित्रले उनलाई फेरि नयाँ उचाइमा पुर्याउनेमा दुई मत छैन ।
प्रतिक्रिया 4