Comments Add Comment

नियम विपरीत गाडी चलाउन दिएको भन्दै स्थानीयले सकड बन्द गरे

२७ पुस, रामेछाप । देव्रेबाट प्रवेश गरी दाहिनेबाट निस्कने ट्राफिक नियमको विपरीत रामेछापको सदरमुमका मन्थलीमा दाहिनेबाट प्रवेश गरेर देब्रपट्टिबाट निस्कने नियम बनाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

मन्थलीको देवकोटा चोकबाट बसपार्कसम्म जाने ‘वन वे’ सडक ट्राफिक नियम विपरित उल्टो चलाएको भन्दै देवकोटा चोक मुनिका स्थानीयहरु सकड बन्द गरी बिहीबारबाट आन्दोलनमा उत्रिएका छन् ।

बजार क्षेत्रमा सामान झार्न सजिलो होस् भनि मन्थली बजारमा देवकोटा चोकबाट दाहिनेबाट प्रवेश गरी देव्रेबाट निस्कने गरेर वन वे यातायात सञ्चालन हुने व्यवस्था मिलाइएको थियो । तर सो कार्य ट्राफिक नियम विपरित हो ।

देवकोटा चोकदेखि विद्युत प्राधिकरणसम्मको रिङ्रोड पीच भएपछि सो क्षेत्रका स्थानीयले ट्राफिक नियम अनुसारनै सडक सञ्चालन गर्नु पर्ने माग राखेका थिए ।

सडक नियम विपरित यातायात सञ्चालन गरिएकोले आफूहरु आन्दोलनमा उत्रिनु परेको नेपाली कांग्रेस रामेछापका सचिव समेत रहेका स्थानीय लेखबहादुर कार्कीले बताए । ट्राफिक नियमलाई नै मिचेर यातायात चलाउनु गलत भएको उनले बताए । उल्टो सवारी चलाउँदा नयाँ मासिनहरु आउँदा झुक्किने र दुर्घटनाको डर समेत बढेको उनले बताए ।

आफूहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय, मन्थली नगरपालिका लगायत सरोकारवाला निकायलाई नियम अनुसार यातायत सञ्चालन गर्न माग राखि ज्ञापनपत्र बुझाएको भए पनि वेवास्था गरेकाले सडक अवरुद्ध गर्नु परेको स्थानीय सन्तोष श्रेष्ठले बताए । नियम संगत यातायात नचलेसम्म आफूहरुले सडक सञ्चालन हुन नदिने उनले बताए ।

ट्राफिक नियम अनुसार यातायात सञ्चालनको व्यवस्था गर्न माग गर्दै स्थानीयहरु बुधबार मन्थली नगरपालिका प्रमुख रमेश वस्नेतकोमा पुगेका थिए । प्रमुख बस्नेतले यस विषयमा तत्काल निर्णय लिने बताए पनि कार्यान्वयनमा नआएको स्थानीयको आरोप छ ।

स्थानीयहरुले सडक अवरुद्ध गरेपछि देवकोटा चोकबाट अहिले बजार क्षेत्र हुँदै सोझै ‘टु वे’ सवारी चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment