Comments Add Comment

अपाङ्गता भएका बालबालिकालाई ज्याकेट वितरण

२७ पुष, डोटी । डोटीको बिभिन्न बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।

महिला तथा बालबालिका कार्यालय डोटी र अपाङ्ग सेवा संघ डोटीले अपाङ्गता भएका १७ बालबालिकाहरुलाई ज्याकेट वितरण गरेको हो । साजेन्द्रेश्वर माबि फुलौटमा सञ्चालित बिशेष कक्षामा अध्ययनरत तीन छात्रा र पाँच छात्र गरी आठ जना दृष्टिबिहिन बिद्यार्थीहरुलाई ज्याकेट बितरण गरिएको छ ।

यस्तै पद्म पव्लिक माध्यामिक बिद्यालयमा अध्ययनरत दुई छात्र र पाँच छात्रा गरी सात जना सुस्त मनस्थिति भएका बिद्यार्थीलाई ज्याकेट दिएको महिला तथा बालकालिका कार्यालयका निमित्त प्रमुख सविना श्रेष्ठले जानकारी दिइन् ।

‘गत ३ डिसेम्वरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जिल्लास्तरीय कार्यक्रम गर्नका लागि बजेट छुट्याइएको थियो तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण त्यसबेला उक्त कार्यक्रम गर्न सकिएन’ अनलाइनखवरसँग कुरा गर्दै निमित्त प्रमुख श्रेष्ठले भनिन् ‘उक्त रकमबाट हामीले बालबालिकाहरुलाई ज्याकेट वितरण गर्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment