श्रीलंकामा ६० वर्षपछि महिलाले रक्सी किन्न पाउने भएका छन् । यो छूट १८ वर्षभन्दा बढीका महिलाहरुका लागि हो ।
श्रीलंकाली सरकारले भनेको छ कि यसका लागि सन् १९९५ को एउटा कानून संशोधन गरिएको छ । यस कानूनले महिलामाथि बिभेद गरेको ठहर गर्दै संशोधन गरिएको सरकारले जनाएको छ ।
बुधबार श्रीलंकाकी अर्थमन्त्री मंगला समरवीराले कानूनमा संशोधन भएको घोषणा गरेका हुन् ।
श्रीलंकाली सरकारको यो निर्णयको अर्थ यो पनि हुनेछ कि महिलाहरुले रक्सीको कारोबार हुने ठाउँमा काम पनि गर्न पाउनेछन् ।
यद्यपि श्रीलंकाको पुरानो कानून पनि कडाईका साथ लागू गरिएको थिएन । तर, थुप्रै महिलाहरुले यसको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा महिलाहरुले सरकारको यस निर्णयको स्वागत गरेका छन् ।
नयाँ कानून अनुसार महिलाहरु अब रेस्टुरेन्ट वा बारमा काम गर्न वा पिउनका लागि सरकारी अधिकारीसँग अनुमति लिनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
प्रतिक्रिया 4