+
+
Shares

अरुण फाइनान्स अब हाथवे फाइनान्स, १ सय ८० प्रतिशत हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २७ गते १७:२५


२७ पुस, काठमाडौं । अरुण फाइनान्स अब हाथवे फाइनान्सको नामबाट सञ्चालनमा आउने भएको छ ।

कम्पनीको २१ औं बार्षिक साधारण सभाले नाम र लोगो परिवर्तन गरेको हो । कम्पनीले १ बराबर १.८० अनुपातको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो । यससँगै कम्पनीको पुँजी ८४ करोड पुग्नेछ । हाल कम्पनीको पुँजी ३० करोड रुपैयाँ रहेको छ ।

सभाबाट पाँच जना सञ्चालक निर्वाचित भएका छन् । संस्थापक मध्येबाट अम्बिका प्रसाद पौडेल, लीलानाथ अधिकारी र प्रकाश तिवारी तथा सर्वसाधारण तर्फबाट नवराज नेपाल र सागर ढकाल निर्वाचित भएका हुन् ।

विशेषक सञ्चालकको रुपमा प्रधुम्न भट्टराई नियुक्त भएका छन् । कम्पनीको अध्यक्षको रुपमा पौडेल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?