Comments Add Comment

एमाले र माओवादी एकता कसैले रोक्न सक्दैनः पृथ्वी सुब्बा गुरुङ

२८ पुस, पोखरा । नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी कास्कीको ल्होसार/ल्होछारसहित विभिन्न जनजातिहरुको पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी एकताका लागि को प्रधानमन्त्री हुने वा को अध्यक्ष हुने भन्ने विषय गौण भएको बताए ।

पद वा पोजिसन भन्दा नयाँ पार्टीको बिचार, सिद्धान्त, संगठन प्रष्ट हुनुपर्ने र त्यसमा दुबै पक्षको सहमति हुन आवश्यक रहेको उनको भनाई थियो ।

प्रदेश नम्बर ४ का प्रदेश सांसद तथा मुख्यमन्त्रीका दावेदार एमाले नेता गुरुङले नेपाली कांग्रेसले संविधानको अपव्याख्या गर्दै खोंचे थापेर सरकारको आयु लम्ब्याएको आरोप लगाए । जनादेश प्राप्त पार्टीलाई सत्ता नसुम्पेर कांग्रेसले संविधान कार्यान्वयनमा समेत बाधा खडा गरेको उनको दाबी थियो ।

गुरुङले सरकारले प्रदेशको मुकाम र प्रदेश प्रमुख अविलम्व तोक्नुपर्ने बताए । उनले प्रदेश नम्बर ४ मा पर्यटनको विकास, कृषिको आधुनिकीकरण सँगसँगै पूर्वाधार निर्माण गर्न सके देशकै समृद्ध प्रदेश बनाउन सकिने बताए ।

कार्यक्रममा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई बधाईसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment