Comments Add Comment

बेहुली झै सजिए मोडल


ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘लाक्मे सलोन बेहुली श्रृङ्गार’ कार्यक्रम आयोजना गरिएको छ । शनिबार भएको कार्यक्रममा भारतको लाक्मे सलोनकी राष्ट्रिय सिर्जनात्मक निर्देशक सुष्मा खानले ‘लाक्मे फेेसन विक २०१८’ मा समेटिएका विभिन्न श्रृङ्गार शैली प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा दर्जनौँ नेपाली महिला सहभागी भएको आयोजकले जनाएको छ । भारतीय सौन्दर्य उद्योगको अग्रणी सेवा प्रदायक लाक्मे सलोनले गत वर्ष पौषमा लबिम मलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज खोलेको थियो ।

यसअघि भारतका करिब सय श्हरमा यस कम्पनीका सलोन स्थापना भइसकेका छन् । नेपाल र भारतका महिलाहरूमाझ विशेष गरी बेहुली श्रृङ्गारका लागि लाक्मे सलोन लोकप्रिय रहँदै आएको छ ।

तस्विरः मिलन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment