Comments Add Comment

शिवसताक्षीमा युवाको सक्रियतामा प्रौढ शिक्षा सुरु

३० पुस, झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–६ मा ‘हामी छाैं’ नामक युवाको संस्थाले आफ्नै खर्च र व्यवस्थापनमा पौढ शिक्षा कक्षा सुरु गरेका छन् ।

नगरलाई पूर्ण साक्षर बनाउन योगदान पुर्‍याउने उद्देश्यले स्थानीय युवाले पुस २६ गतेबाट पौढ शिक्षा कार्यक्रम सुरु गरेका हुन् ।

कार्यक्रम अन्तरगत पहिलो चरणमा अति सीमान्तकृत तथा लोपोन्मुख सन्थाल जातिका महिलाहरुलाई पढाउन थालेको संस्थाका संस्थापक अध्यक्ष केशव खनालले बताए ।

पहिलो दिन २३ जना सहभागी कक्षामा दिननानुदिन संख्या बढिरहेको प्रशिक्षक समेत रहेका उनी बताउँछन् । कक्षा सञ्चालन गरेको चौथो दिनमा १४ महिला र १२ पुरुष गरी २६ जना अध्ययन गर्न आउन थालेका छन् ।

एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत प्रशिक्षक खनालले समय अनुकुलता हेरेर संस्थाका अन्य पदाधिकारीहरुले पालैपालो प्रशिक्षकका रुपमा पढाउने समय तालिका बनाएको बताए ।

यो कक्षा सञ्चालन गर्न नगरपालिका वा अन्य कुनै सरकारी वा गैरसरकारी निकायसँग केही सहयोग नलिएको संस्थाका सुजित ताजपुरियाले बताउँछन् ।

संस्थाले आफ्ना सदस्यहरु हेमराज राई, प्रभा गुरागाई, दिपक खरेल, रविन बराललाई प्रौढ कक्षा सञ्चालनका लागि प्रशिक्षकका रुपमा तोकेको छ ।

उनीहरु मध्ये केही स्थानीय निजी विद्यालयमा शिक्षण गराइरहेका छन् भने कोही प्रमाणपत्र तथा स्नातक तहमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment