Comments Add Comment

पाँचथरको फिदिममा ट्रक दुर्घटना, दुईजना घाइते

३० पुस, ताप्लेजुङ । पाँचथरको फिदिममा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

नागिनबाट फिदिमतर्फ आउँदै गरेको ना२ख ६३९४ नम्बरको ट्रक फिदिम नगरपालिका १२ पुल भन्ञ्याङमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक पाँचथर फिदिम नगरपालिका ४ बस्ने २४ वर्षीय अर्जुन थापा र सह-चालक झापा चारआली-४ का १९ वर्षीय पासाङ तामाङ घाइते भएको प्रहरीले बताएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको अस्थायी प्रहरी चौकी नागिनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment