राष्ट्रिय सभा सदस्यका उम्मेदवारले चुनावमा साढे ३ लाखसम्म खर्च गर्न पाउने भएका छन् । राष्ट्रियसभा चुनाव २४ माघमा हुँदैछ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले चुनाव खर्च तोकेको हो । जसअनुसार सबैभन्दा धेरै गोष्ठी तथा अन्तरक्रियामा १ लाखसम्म खर्च गर्न पाउनेछन् भने सवारी साधन र कार्यालय सञ्चालनमा समान ७०/७० हजार खर्च गर्न पाउनेछन् ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ‘अल्पसंख्यक समुदाय’ तोक्न सरकारलाई आग्रह गरेको छ । हरेक प्रदेशबाट एक जना अपाङ्ग तथा अल्पसंख्यक निर्वाचित हुनेछन् ।
साथै आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमूना ३ गतेभित्र बुझाउन दलहरुलाई आग्रह गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २१ दल दर्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4