+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘नेप्टे’को ‘सुपारी ‘काँचो’’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १ गते १७:२७


आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् । तारा थापाको सम्पादन रहेको चलचित्रका निर्माता रोहित रुम्बा नै हुन् । देवकुमार श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रनिशा सिलवाल यो चलचित्रबाट यो क्षेत्रमा भित्रिदैछिन् । चलचित्रमा रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो चलचित्रले सामाजिक कमेडी कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?