Comments Add Comment

उवासंघ चितवनको अध्यक्षमा प्रधान विजयी


२ माघ, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन् । प्रधानले प्रतिस्पर्धी राजु श्रेष्ठलाई ३ सय ४३ मत अन्तरले पराजित गरे ।

यसअघि भएको संघको अधिवेशनमा श्रेष्ठ र प्रधान एकै प्यानलबाट उम्मेदवार थिए । अध्यक्षमा प्रधान पराजित भएका थिए भने, श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा बिजयी भएका थिए । प्रधान र श्रेष्ठ दुवै एमाले निकट मानिन्छन् ।

यसपटकको निर्वाचनमा सहनलाल प्रधान प्यानलका अधिकांश उम्मेदवार विजयी बने । पदाधिकारीमा प्रधान प्यानलले कब्जा गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ विजयी भएका छन् । विष्णु कँडेललाई झण्डै ६ सय मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । उपाध्यक्ष वाणिज्यतर्फ भोजराज कौडाल विजयी बने । उनले प्रतिस्पर्धी विपेन्द्र रामुदामुलाई ३ सय मतान्तरले हराए ।

उद्योगतर्फको उपाध्यक्षमा सुमन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी नवीन कँडेललाई करिब २ सय मतान्तरले हराए ।

यसैगरी वस्तुगत उपाध्यक्षमा चिरञ्जीवी सुवेदीले राजेन्द्र कँडेललाई ३ सय मत अन्तरले पराजित गरे ।

नयाँ नेतृत्वले २ वर्ष कार्यकाल बिताउने छ । आइतबार भएको उवासंघको निर्वाचनमा २ हजार ८ सय ५६ जना मतदातामध्ये २ हजार ७ सय ४७ जनाले मतदान गरेको निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment