Comments Add Comment

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतवीच भेटवार्ता

२ माघ काठमाडौं । पूर्व प्रधानमन्त्री एवंम एमालेका बरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङ्गले खनाल निवास डल्लुमा मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

करिब एक घन्टा भएको भेटको क्रममा मुलुकमा विकसित राजनीतिक अवस्था, दुई देशवीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

भेटमा चीनका राजदूत यू होङ्गले संविधान कार्यान्वयनको काम पूरा भएको र नेपालले अब शान्ति र स्थिरता कायम गर्दै चाडै आर्थिक विकासको वाटो पक्रनु पर्ने बताएका थिए ।

साथै उनले आगामी दिनमा नेपाल-चीन सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री खनालले राजदूत यू होङ्गललाई नेपालको पछिल्लो राजनीतिक अवस्था को बारेमा जानकारी दिएका थिए ।

अब नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा केन्द्रित हुने कुरामा जोड दिदै खनालले नेपाल र चीनवीच परापूर्बककालदेखिका सम्बन्ध र सरसहयोग अझै फराकिलो हुने विश्वास व्यक्त गरे ।

आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र बिकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुनेमा विश्वस्थ रहेको खनालले बताएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment