
९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री भलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला अभिव्यक्तिहरूलाई परीक्षण गर्नुपर्ने बेला आएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिजोआज प्रचण्डले क्रान्तिकारी कुरा गर्न थालेको जिकिर बताए ।
‘एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसै पिठ्यँुमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन्,’ खनालले भने, ‘अनि अहिले बाहिर आएर अलिकति कुराहरू गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ ।’
उनले अवसरवाद हो कि भनेर ध्यान दिनुपर्ने बताउँदै एक दुई वटा मन्त्राय पाउँदा सरकारमा गएर पार्टीले के पायो ? भन्दै प्रश्न गरे ।
‘अवसरवाद पो हो की ? हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो ? सबैले मूल्यांकन गरौँ त । यी सबैको समीक्षा गर्नुपर्छ,’ खनालले भने ।
प्रतिक्रिया 4