Comments Add Comment

सुजाताको निवासमा कोइराला परिवारको ‘लञ्ज मिटिङ’

२  माघ, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कोइराला परिवारको भेला भएको छ । यो भेटमा ‘शेख परिवार’ पनि जोडिएको छ ।

कांग्रेस नेत्री सुजाता कोइरालाको निवासमा लञ्ज मिटिङ भएको हो । जसमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए ।

भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए । उनले भने, ‘यो पारिवारिक भेट हो । पार्टीलाई कसरी अगाडि लैजाने भन्ने छलफल भएको छ ।’

केन्द्रीय कार्यसमितिको बैठकमा पनि आफूहरु समान धारणाका साथ प्रस्तुत हुने उनले बताए ।

तर, पछिल्लो समय शेखर, सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट देखिएका छन भने शशांक कोइराला देउवावप्रति नरम देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment