Comments Add Comment

अदुवाः शरीरको तौल घटाउने अचुक ओखती

सामान्यतः अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सिमित छैन ।

शरीरको तौल घटाउनका लागि अदुवा उपयोगी हुन्छ । वैदिक कालमा समेत तौल घटाउनलाई अदूवाको उपयोग गरिएको पाइन्छ ।

कसरी ?

अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ ।

शरीरको मेटाबोलिज्म ठीक भए हाम्रो पाचन पनि ठीक हुन्छ र शरीर स्वस्थ रहन्छ । यसले शरीरको क्यालोरीलाई घटाउँछ र हाम्रो तौल पनि कम हुन्छ । क्यालोरीरहित हुने कारणले अदूवाको सेवनबाट पेट भरिएको महसुस हुन्छ र हामीलाई धेरै खाने इच्छा हुँदैन ।

अदूवाको सेवनबाट वजन घटाउने थुप्रै तरिका छन् । प्रत्येक विहान अदूवालाई पानी वा महका साथीमा सेवन गर्न सकिन्छ । साथै, यसलाई पेय पदार्थ वा चियाको साथमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको धुलोको उपयोग पनि तौल घटाउनलाई हुन्छ ।

१. बिहान खाली पेटमा काँचो अदुवा खाने

अध्ययनबाट प्रमाणित भएको छ कि विहान खाली पेटमा अदुवा सेवन गर्दा धेरै फाइदा मिल्छ । यसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ र पाचनतन्त्रलाई नियन्त्रित गर्छ । तर, अद’वा केवल एक चौथाई इन्च मात्रै टोक्नुपर्छ । यसको तितोपनालाई हटाउनका लागि अदुवा खानासाथै केही मिठो कुरा खान सकिन्छ ।

२. अदुवायुक्त पानी पिउने

अदुवा खाने यो सबैभन्दा सहज उपाय हो । आधा गिलास सादा पानीमा अदुवाको धुलो वा अदुवाको टुक्रा हाल्ने । यसलाई राम्ररी घोलेर पिउनुपर्छ । यसलाई मिठो बनाउनका लागि मह, कागति वा अलिकति नून पनि हाल्न सकिन्छ । तर, खाली पेटमा अदूवाको सेवन बढि फाइदाजनक हुन्छ । पानीसँग दैनिक तीनपटक अदूवाको सेवन गर्नाले चाँडै फरक महसुस गर्न सकिन्छ र शरीरको तौल पनि कम हुन्छ ।

३. चियाको रुपमा अदुवा सेवन

नियमितरुपमा चियामा हालेर अदुवा सेवन गर्दा चाँडै नै शरीरको तौल घट्छ । यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अद’वा उपयोगी हुन्छ । अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग कुट्नुस । त्यसपछि एक भाँडो पानी उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र बिस्तारै-बिस्तारै तातो अदुवा पानी पिउनुपर्छ । यसबाट चाँडै नै फरक महसुस गरिनेछ ।

४. अदूवाको सुप

जाडो ठाउँमा बस्नेका लागि अदूवाको सुप पिउनु तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । अदूवाको सुप पिउन थालेको केही दिनमा नै तपाईंको शरीरको वजन नियन्त्रित हुन्छ ।

५. अदुवा पाउडरको सेवन

यदि तपाईंलाई अदुवा खान मन पर्दैन भने वजन घटाउनका लागि तपाईं अदुवा पाउडरको सेवन पनि गर्न सक्नुहुन्छ । विशेषत पेटको बोसो घटाउनका लागि अदुवा पाउडर प्रभावकारी हुन्छ ।  काँचै अदुवा खान सकिएन भने यसलाई पानी वा महको साथमा खानुपर्छ ।

६. खानामा अदूवाको प्रयोग

खानामा धेरै प्रकारले अदूवाको प्रयोग गर्न सकिन्छ । तस यदि तपाईं अदूवाको प्रयोग भोजनमा गर्नुहुन्न भने छुट्टै अदुवा नियमितरुपमा खानुपर्छ । तर, यो कुरालाई ध्यानमा राख्नुस कि एकैचोटि धेरै अदुवा खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment