Comments Add Comment

अनमोल केसीको ब्राण्ड भ्यालु कति ?


नायक अनमोल केसी मात्र नेपाली चलचित्र क्षेत्रका एक यस्ता सुपरस्टार हुन्, जसले नायक राजेश हमालपछि आफ्नो महंगो ब्रान्ड भ्यालु बनाउन सफल छन् ।

यदि, नेपालका ठूला कम्पनीका विज्ञापनमा सवैभन्दा धेरै अभिनय गर्ने नायक कोही थिए भने ती राजेश हमाल थिए । राजेश हमालपछि अन्य केही कलाकारले विज्ञापनमा काम त गरे, तर उनीहरुले एउटा उच्च स्तरको ब्रान्ड भ्यालु बनाउन सकेनन् । नायिकाको हकमा प्रियंका कार्की अहिले सबैभन्दा धेरै विज्ञापनमा देखिएकी छिन् ।

पछिल्लो समय उदाएका नायकहरुले पनि विज्ञापनमा आफ्नो उपस्थिती जनाइरहेका छन् । बलिउडका कलाकार हाबी भएको नेपाली विज्ञापन बजारमा विस्तारै नेपाली कलाकार हाबी हुन थालेको प्रष्ट छ ।

ब्रान्ड प्रमोशनका लागि धेरै अफर आएपनि निकै कममा मात्र काम गर्ने नायक हुन्, अनमोल केसी । नायक अनमोल केसीले चलचित्र ‘ड्रिम्स’को रिलिजको समयमा एउटा विज्ञापनमा महंगो पारिश्रमिक पाउँदा पनि काम गरेका थिएनन् । त्यसको मुख्यकारण, सो विज्ञापन ‘ड्रिम्स’ भन्दा पहिले नै बजारमा सार्वजनिक हुँदै थियो ।

अनमोलले आजसम्म २ वटा मात्र विज्ञापनमा काम गरेका छन् । उनले, केही समय अगाडि एउटा प्रोस्टाइलको विज्ञापनमा काम गरेका थिए । सो विज्ञापनमा काम गरेको उनले १० लाख पारिश्रमिक लिएका थिए ।

अहिले, फेरि अनमोल ‘बेनेली’ नामको बाइकको ब्रान्ड एम्ब्यासडर बनेका छन् । यो बाइकको प्रमोशन गरेवापत नेपालका सुपरस्टारले १० लाख पारिश्रमिक लिएको वुझिएको छ । उनको पिता भूवन केसीले पनि यो कुरा अनलाइनखबरसँग बताएका छन् । अनमोल बाइकको सौखिन भएकाले पनि उनले यो विज्ञापनमा काम गरेको प्रष्ट हुन्छ । अनमोलसँग ३ वटा महंगा बाइक छन् । बाबु भूवन कारमा हिडेपनि अनमोल भने बाइकका सौखिन हुन् ।

चलचित्रमा २० लाख पारिश्रमिक लिएर सर्वाधिक महंगा नायक बनेका अनमोल अहिले ५० लाखमा काम गर्न तयार भए मात्र भनेपनि निर्माता तिर्न तयार छन् ।
यसैले, अनमोललको ब्रान्ड भ्यालु महंगिदै गएको प्रष्ट छ । मिडिया र दर्शकमाझ निकै कम आउने सुपरस्टारले अफर आएका सबै ब्रान्डका विज्ञापनमा आफूले काम नगरेको बताउँछन् ।

नायक अनमोल केसी माघ महिनाका लागि अनलाइनखबरको ‘सेलिब्रिटी अफ द मन्थ‘को रुपमा रहेका छन् । उनी अभिनित चलचित्र ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment