निसानको नयाँ जापानिज एसयूभी ‘टेरानो’ नेपाल भित्रिएको छ । भारतीय बजारमा लोकपि्रय भइसकेको टेरानो अब नेपाली उपभोक्ताले पनि चढ्न पाउने भएका छन् ।
फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्नेमा दुविधा छैन ।
आकर्षक लुक्स र परफरमेन्सका कारण यसको चर्चा छ । पर्फेक्ट डिजाइनमा तयार भएको टेरानो नयाँ किसिमको एसयूभी चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्नेमा आशंका छैन ।
टेरानोको सबैभन्दा अब्बल पाटो यसको आउट लूक नै हो । टेरानो अगाडिबाट मात्रै हैन पछाडिबाट हेर्दा पनि त्यत्तिकै स्मार्ट र स्टाइलिस देखिन्छ । सँगै यसको रोड पफरमेन्स पनि अविश्वशसीय खालको छ ।
५ जनाले सहजसँग यात्रा गर्ने सक्ने यो कार एउटा फरक अवतारमा प्रस्तुत गरिएको छ । प्रतिस्पर्धी कारका तुलनामा यसको लुक्स फरक छ ।
न्यू टेरानो-एक्सएलपीको मूल्य ४२ लाख ९९ हजार र डिजेल इन्जिनयुक्त एक्सभीडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ ।
यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसनका साथै अटो ड्राइभमा पनि उपलब्ध छ । यसले प्रतिलिटर १९ किलोमिटर भन्दामाथि माइलेज दिने कम्पनीको दावी छ ।
निसानले नयाँ प्लेटर्फममा आधारित भएर यसलाई बनाएको छ । यसको एक्सटेरियरलाई हेर्दा कम्पनीले निकै मिहेनतका साथ तयार गरेको भन्न गाह्रो पर्दैन ।
कारको डायमेन्सन पनि वैज्ञानिक छ । यसको लम्बाइ ४३३१ एमएम, चौंडाइ १८२२ एमएम, उचाई १६७१ एममएम छ ।
यो गाडीमा २०५ मिलिमिटरको उच्च ग्राउण्ड क्लिरेन्स, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मिटरको टर्निङ रेडियसले टेरानोमा सुनमा सुगन्ध थपिदिएको छ । जसका कारण नेपालका अप्ठेरा बाटोमा पनि आफ्नो ‘जादू’ देखाउन सक्छ ।
उत्पादक कम्पनी निसान मोटरले १ वर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराए पनि नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले थप २ वर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा पर्याप्त बूट स्पेश पनि छ ।
इन्टेरियरको कुरा गर्दा यो प्रिमियम एसयूभीको फिचर्सबाट सुसज्जित छ । भित्रको फिनिसिङ प्रशंसीनय छ । जसले यात्रुमा आत्मविश्वास पनि बढाउँछ ।
यसमा यात्रा गर्दा सहज र रोमाञ्चक महसुश हुन्छ । यसको क्याबिन र स्पेशले सबैलाई मोहित पार्न सक्छ ।
७ इन्चको स्मार्ट टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र क्रुज कन्ट्रोलसहित डिजिटल क्लकको सुविधा पनि टेरानोमा छ । जसको साउण्ड क्वालिटी पनि उच्च स्तरीय छ ।
यसको फ्रन्टमा एमसीर्फजन स्ट्रट र रेयरमा ट्रेलिङ आर्म सस्पेन्सन छ । त्यसैले यसमा लामो र अफरोडको यात्रा पनि सहज रुपमा गर्न सकिन्छ ।
सेफ्टीका लागि कम्पनीले टेरानोमा विभिन्न प्रविधिलाई अपनाएको छ । सबै भेरियन्टमा एयर ब्याग राखेर कम्पनीले सेफ्टीको मामिलामा कम्प्रोमाइज गरेको छैन ।
सबैमा एबीएसको पनि सुविधा छ । यो कारमा फग ल्याप्प, सेन्ट्रल लकिङ, रिभर्स पार्किङ सेन्सर, हाई माउन्ट स्टप ल्याम्प, डुअल हर्न, स्पीड सेन्सेनिङ अटो डोर लगायतका सुविधा छन् । यस्ता फिचर्सले नेपाली उपभोक्तालाई प्रभावित गर्न सक्नेछ ।
यो गाडीमा विभिन्न युटिलिटी फिचर्सहरु पनि छन्, जसले गाडीमा यात्राका दौरान सहजता सिर्जना गर्छन् ।
आफूलाई मनपर्ने विभिन्न कलरमध्येबाट छानेर टेरानो किन्न पाइनेछ । यो स्टोन ब्राउन, ब्रोन्ज ग्रे, ब्ल्याक, ब्लेड सिल्भर, पर्ल ह्वाइट र फायर रेड कलमरमा उपलब्ध छ ।
प्रतिक्रिया 4