Comments Add Comment

भीम रावलको चुनाव खर्च १४ लाख ७३ हजार

प्रतिद्वन्द्वी स्वाँरकाे ६ लाख बढी

३ माघ, अछाम । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा  पेश गरिएको खर्च विवरणमा उनले १४ लाख ७३ हजार चार सय सात रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।

रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले २० लाख ५३ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकीन्द्र बोगटीले जानकारी दिए । खर्च विवरण अनुसार रावलले भन्दा स्वाँरले ५ लाख ७९ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का विजयी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १९ लाख ८ हजार, पराजित नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २० लाख ६२ हजार र झंकरबहादुर शाहीले एक लाख ५९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर १ को ‘क’ का विजयी नेकपा एमालेका हर्कबहादुर कुँवरले १४ लाख ४० हजार, पराजित नेपाली कांग्रेसका मेघराज खड्काले १३ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । प्रदेशसभा १ को ‘ख’ का विजयी नेकपा माओवादी केन्द्रका झपटबहादुर बोहराले १४ लाख ११ हजार र पराजित नेपाली कांग्रेसका टेकबहादुर साउदले १० लाख ४१ हजार रुपैयाँ  खर्च भएको विवरण बुझाएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ का विजयी नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले ११ लाख ८८ हजार तीनसय, पराजित नेपाली कांग्रेसका सुरतबहादुर विष्टले १४ लाख १४ हजार आठसय, नेपाल मजदुर किसान पार्टीका पदमबहादुर बुढाले एकलाख १८ हजार र नेकपा मालेका दिलबहादुर विष्टले ३० हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।

प्रदेशसभा २ को ‘ख’ मा विजयी नेकपा एमालेका बलहादुर सोडारीले ११ लाख ७७ हजार तीनसय र पराजित कांग्रेसका बलबहादुर कुँवरले १३ लाख ८४ हजार आठसय खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment