Comments Add Comment

सत्संग समारोहलार्इ सम्बोधन गर्न सतपाल महाराज महेन्द्रनगर आउने

३ माघ, कन्चनपुर । मानव धर्मका प्रणेता तथा अन्तराष्ट्रिय आध्यात्मिक व्यक्ति सद्गुरुदेव सतपाल महाराज महेन्द्रनगर आउने भएका छन् ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा हुने विराट सत्संग समारोहलाई विशेष सम्बोधन गर्न सतपाल महाराज आउन लागेको हुन् ।

महेन्द्रनगरमा आयोजक मूल समितिले पत्रकार सम्मेलन गरी यही माघ ५ र ६ गते हुने विराट सत्संग समारोहमा सतपालले विशेष सम्बोधनगर्ने जानकारी दिएको हो ।

उक्त समारोहको नेपाल सरकारका सिचाइँ मन्त्री संजयकुमार गौतमले उद्घाटन गर्नेछन् ।

हजारौ भक्तजनको सहभागिता रहने उक्त समारोहमा देश विदेशबाट आउने समारोहमा सन्त-महात्माको सत्संग प्रवचन, भक्तिसंगितका ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु, स्थानीय मौलिक संस्कृति झल्किने झाँकी, विशाल शोभायात्रा, वृहत नगरसफाइ लयागतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment