Comments Add Comment

कांग्रेस र मधेसी मोर्चावीच तालमेलः प्रदेश प्रमुख र राष्ट्रियसभामा उब्रिएको भोट साटासाट !

४ माघ, काठमाडौं । प्रदेश प्रमुखहरु नियुक्तमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिए । मधेसकेन्द्रित दल राजपा र फोरमको सिफारिसमा एक-एक प्रदेश प्रमुख नियुक्त गरे ।

सुरुमा प्रदेश २ मा मात्र उनीहरुको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थियो । तर, प्रदेश ५ को प्रमुख पनि मधेसी दलकै सिफारिसमा भएको छ ।

त्यसको कारण बनाउँदै कांग्रेस नेता बालकृष्ण खाँड भन्छन्, ‘सरकारले गरेका निर्णयहरुमा र राष्ट्रियसभामा सँगै हिड्न उहाँहरु (फोरम र राजपा) सहमत हुनुहुन्छ ।’

कांग्रेसले मधेसकेन्द्रित दुबै दललाई राष्ट्रियसभामा उब्रिएको भोट दिन आग्रह गरेको छ । त्यसको बदलामा कांग्रेसले दुबैले मागे अनुसार एकएक जना प्रदेश प्रमुख दिएको छ ।

वाम गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ का ६ सिटमा मधेस केन्द्रित दलसँग तालमेल गर्न चाहेको छ । तर, फोरम र राजपा गठबन्धनले कांग्रेससँग सहकार्य गरे अधिकांश सिटमा वाम गठबन्धन बढारिनसक्छ । जबकि त्रिपक्षीय प्रतिस्पर्धा हुने हो भने प्रदेश २ को ८ मध्ये ४ मधेसी गठबन्धनले जित्नेछ भने कांग्रेस र वाम गठबन्धनले २-२ सिट जित्ने देखिन्छ ।

प्रदेश २ बाहेक १, ५ र ७ मा पनि मधेसी गठबन्धनमा आवद्ध दुई दलका केही भोट छ । यो भोटले उनीहरु आफैंले कुनै सिट नजिते पनि कांग्रेसलाई केही सिट दिलाउन सक्छ । कांंग्रेसले दुई मधेसवादी दलसँगै नयाँ शक्ति पार्टी र राप्रपासँग सहकार्य गरेर राष्ट्रियसभामा केही सिट थप्ने रणनीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment