Comments Add Comment

लसुनको चियाः पिउन काइदा, स्वास्थ्यलाई फाइदा

प्राचीन ग्रीसमा मानिसहरुले लसुनको पानी खुब पिउने गरेको पाइन्छ । यसले शरीरलाई बलियो बनाउनका साथै सम्पुर्ण स्वास्थ्यलाई ठीक राख्ने काम गथ्र्यो । यसका साथै शरीरलाई उर्जा पनि मिल्थ्यो ।

लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौं । यद्यपी यसमा औषधीय गुण पनि हुन्छ । खासगरी लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्टको स्रोत हो यो । लसुनलाई विविध रुपमा सेवन गर्न सकिन्छ । यो काँचो सेवन गर्दा फाइदा गर्छ । मसलाको रुपमा पनि प्रयोग गर्दा लाभदायक हुन्छ ।

अब लागौं, लसुनको पानीको फाइदाबारे । यसलाई कतिले लसुनको चिया पनि भन्न सक्छन् । यसको अनेक गुणहरु हुन्छन् । त्यसो भए हामी पनि किन लसुनको चिया पिउन नथाल्ने, जसले स्वास्थ्यलाई फाइदा पुग्छ र मिठो पनि हुन्छ ।

बिहान खाली पेटमा लसुनको केस्रा खान त्यति सजिलो हुँदैन । त्यसैले यसबाट बनेको चिया सेवन गर्नु उपयुक्त हुन्छ । यहाँ हामी तपाईंलाई लसुनको चिया कसरी बनाउने भन्ने सिकाउँदैछौ ।

आवश्यक सामग्रीः १. लसुनको एक कल्ली २. एक गिलास पानी ३. अदुवाको एक टुक्रा ४. चम्चा कागतिको रस ५. एक चम्चा मह

बनाउने विधिः

सबैभन्दा पहिले एक गिलास पानी उमाल्ने र यसमा अदुवा र लसुन पिसेर हाल्ने । त्यसपछि १५-२० मिनेटसम्म यसलाई पाक्न दिने । अनि आगो बन्द गरेर १० मिनेटसम्म यत्तिकै छाड्ने । अब यो पानीलाई छान्नुपर्छ र यसमा एक चम्चा कागतिको रस र एक चम्चा मह मिसाउने । यसबाट चिया स्वादिलो र गुलियो हुन्छ । चिया तयार भयो । कागति र अदूवाले गर्दा लसुनको गन्ध पनि हराउँछ र यसलाई सजिलै पिउन सकिन्छ ।

फाइदा

१. वजन कम गर्छ

यस चियाको सेवन गर्दा तपाईंको शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्किन्छन् । यसको कारणले शरीरमा रहेको अतिरिक्त बोसो नष्ट हुन्छ र तपाईंको वजन कम हुन्छ ।

२. पाचन ठिक हुन्छ

बिहान-बिहान लसुन चिया सेवन गर्दा तपाईंको शरीरको मेटाबोलिज्म ठिक सहन्छ र जसले पाचन तन्त्रले ठीकसँग काम गर्छ ।

३. मुटु स्वस्थ हुन्छ

लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक हुन्छ जसले गर्दा मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।

४. मधुमेह नियन्त्रणमा

दैनिक यो चियाको सेवन गरियो भने शरीरको कोलस्ट्रोल तह कम हुन्छ र यसले गर्दा मधुमेह हुँदैन ।

५. रुघा-खोकीमा आराम

लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

६. रगत सुद्ध हुन्छ

लसुन चियाको नियमित सेवन गर्नुभयो भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।

७. प्रतिरोधक क्षमता बढ्छ

लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।

८. छालामा निखार आउँछ

लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

९. हड्डी मजबुत हुन्छ

लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

१०. क्यान्सरबाट बचाउँछ

लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।

कतिबेला पिउने ?

लसुनको चिया प्रत्येक विहान खाली पेटमा पिउन सकिन्छ । यो त्यति नै फाइदाजनक हुन्छ जति एउटा लसुनको कल्ली खाँदा हुन्छ । त्यसैले आजैबाट लसुनको चिया पिउन थाल्नुस र अनेकन लाभ प्राप्त गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment