Comments Add Comment

नाफामा ‘मिस्टर झोले’


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मिस्टर झोले’ले कमाइ राम्रो गरेको यसको निर्माणपक्षले पत्रकार सम्मेलनकै आयोजना गरेर जानकारी गराएको छ । चलचित्रले पाँच दिनमा २ करोड २२ लाख ग्रस कलेक्शन गरेको जानकारी दिइएको हो ।

छैटौ दिनमा चलचित्रले २६ लाख ग्रस कलेक्शन गरेको बताइएको छ । चलचित्रको बजेट १ करोड ५३ लाख रहेको निर्माणपक्षले जानकारी दिएको छ । छैटौ दिनसम्म चलचित्रको लगानी सुरक्षित भएको दाबी समेत निर्माणपषको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बिजय बराल, प्रविण खतिवडा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको कमेडी पाटोलाई दर्शकले मन पराएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment