+
+
Shares

नवराज सिलवाल भन्छन्– सरकारले प्रतिशोध साँध्यो, डटेर सामना गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १४:०३

५ माघ, काठमाडौं । सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् ।

उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो ।

ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालले शुक्रबार ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्ने नौटंकी’ प्रदर्शन गरेको आरोप लगाएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

शक्तिको दुरुपयोग कसले गरेको छ र कसले प्रतिशोध साँध्यो भनेर उनले स्पष्ट उल्लेख त गरेका छैनन् तर उनको संकेत वर्तमान सरकारप्रति रहेको बुझ्न सकिन्छ ।

सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको ठहर सर्वोच्चले गरेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर, सिलवाल फरार छन् । सिलवाल हाल विदेशमा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?