Comments Add Comment

१३ वर्षे सालीलाई बलात्कार गरेको आरोपमा भेना पक्राउ

५ माघ, काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको चापागाउँ बस्दै आएका २४ वर्षीय युवकलाई महानगरीय प्रहरी वृत्त, बालाजुले बिहीबार पक्राउ गरेको हो । माघे संक्रान्तिको वेला आएका उनले १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको छ ।

काठोमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको पीडितको बयानपछि आरोपित युवकलाई पक्राउ गरिएको वृतका प्रमुख डीएसपी विश्वदिप खड्काले बताए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार पीडित बालिकाले यसअघि पनि जबरजस्ती गरेको बयान दिएकी छिन् ।

जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment