Comments Add Comment

राजधानी बनाउन असहयोग गर्नेलाई वीरगञ्ज प्रवेशमा निषेध


६ माघ, वीरगञ्ज । प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

माघ ७ गते हुने वीरगञ्ज महानगरपालिकाको पहिलो नगर सभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरेर संघर्ष समितिले यस्तो निर्णय गरेको हो ।

माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगञ्जप्रति कुठाराघात गरेको संघर्ष समितिको ठहर छ ।

बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउनका लागि गाउँ गाउँमा अभियान परिचालन गर्ने निर्णय समेत गरेको छ । संघर्ष समितिका सहसंयोजक एवं पूर्वसभासद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको कांग्रेसका युवा नेता अरविन्द गुप्ताले जानकारी दिए ।

‘वीरगञ्ज विविध खालको आन्दोलनको केन्द्र हो, वीरगञ्जलाई प्रदेशिक राजधानी बनाउनुपर्छ भन्ने आम मानिसको चाहना पनि छ,’ संघर्ष समितिका सहसंयोजक गुप्ताले भने, ‘अब आन्दोलनको बलबाट नै प्रदेशको अस्थायी मुकाम जनकपुरबाट फिर्ता गराई वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

त्यस्तै बैठकले आन्दोलनलाई सशक्त बनाउन माघ ८ गते सोमबार घण्टाघर स्थित अनशल स्थलमै सर्वपक्षीय अन्तरक्रिया र माघ १३ गते शनिबार आमसभा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment